Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रुपन्देहीमा ७३ वर्षीय कोरोना संक्रमितको भीम अस्पतालमा मृत्यु

रुपन्देहीमा ७३ वर्षीय कोरोना संक्रमितको भीम अस्पतालमा मृत्यु


  • 6.6K
    Shares

    रुपन्देहीमा  ७३ वर्षीय कोरोना संक्रमितको  भीम अस्पतालमा मृत्यु

    बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा मृत्यु भएको हो ।

    मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। नारायण पोखरेलले जानकारी दिए । संक्रमित पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेका डा. पोखरेलले बताए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ ।

     

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - ११:१२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij