Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गोरखामा बाढीपहिरो : एकको मृत्यु, १७ घर विस्थापित

गोरखामा बाढीपहिरो : एकको मृत्यु, १७ घर विस्थापित


  • 5.0K
    Shares

    गोरखामा बाढीपहिरो : एकको मृत्यु,  १७ घर विस्थापित
    images

    गोरखा । गोरखामा बाढीले बगाएर बेपत्ता भएका बर्दियाको राजापुर नगरपालिका ७ का ३८ वर्षका गोविन्द चौधरीको शव फेला परेको छ । बुधबार बिहान चौधरीको शव  आरुघाटस्थित  मान्द्रेथोकको खोलामा ढुङ्गाको चेपुवामा फेला परेको प्रहरीले जनाएको छ ।

    मंगलबार बिहान करिब साढे आठ बजे आरुघाट गाउँपालिका २ स्थित ठोटनेरी खोला तर्ने क्रममा चौधरीलाई बाढीले बगाएको थियो। उनी केही समयदेखि गोरखाको आरुघाटमा मजदुर काम गर्नका लागि आएका थिए ।

    बाढीपहिरोले १७ घरपरिवार विस्थापित

    लगातार तीन दिनदेखि परेको वर्षाका कारण आएको बाढीपहिरोले गोरखामा १७ घरपरिवार विस्थापित भइसकेको छन् ।

    जिल्ला प्रहरी कार्यालय गोरखामा हालसम्म प्राप्त जानकारीअनुसार गोरखाका विभिन्न स्थानीय तहका घरपरिवार विस्थापित भएका हुन् ।

    प्रहरीका अनुसार हालसम्म धार्चे गाउँपालिकाका १० घर, चुमनुब्री गाउँपालिकाका ४ घर, बारपाक सुलिकोट गाउँपालिकाका २ घर र भिमसेन थापा गाउँपालिकाका १ घरपरिवार विस्थापित भइसकेका छन् ।

    चुमनुब्री गाउँपालिका ३ सल्लेरीका विस्थापित चार घरपरिवारका सदस्यहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकेको गोरखा प्रहरी प्रवक्ता डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

    सडकखण्ड अवरुद्ध

    वर्षाका कारण गोरखाको दुई सडकखण्ड अबरुद्ध भएका छन् । मझुवादेखि मनकामना जाने सडक र बाह्रकिलोदेखि बारपाक जाने सडक पहिरोका कारण अवरुद्ध भएको गोरखा प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मझुवादेखि मनकामना सडक खण्ड अन्तरगत शहिद लखन गाउँपालिका वडा नं ३ को नयाँपुलमा मंगलबार बेलुकी करिब ५ बजे खसेको पहिरोका कारण १० मिटर सडक अवरुद्ध भएको छ । त्यहाँको सडक तत्काल सन्चालमा ल्याउनका लागि नयाँ ट्रयाक खोल्नुपर्ने देखिएको डिएसपी प्रकाश दाहालले बताए ।

    बाह्रकिलोदेखि बारपाक सडक अन्तरगत बारपाक सुलिकोट गाउँपालिका ४ झोलुङेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सो ठाउँमा करीब ९० मिटर सडक बगाएकोले नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था देखिएको डीएसपी दाहालले बताए ।

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १४:१८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij