Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

श्रम स्वीकृति बिना कुवेत उडाइएका यात्रु प्रकरणमा अध्यागमन अधिकृत तानिए

श्रम स्वीकृति बिना कुवेत उडाइएका यात्रु प्रकरणमा अध्यागमन अधिकृत तानिए


  • 785
    Shares

    श्रम स्वीकृति बिना कुवेत उडाइएका यात्रु प्रकरणमा अध्यागमन अधिकृत तानिए
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम स्वीकृति नलिएका यात्रुलाई गैरकानुनी रूपमा वैदेशिक रोजगारीका लागि उडाएको घटनामा अध्यागमन अधिकृतमाथि छानबिन अघि बढाइएको छ ।

    असोज ५ गते कुवेत जान लागेका एक यात्रुलाई आवश्यक श्रम स्वीकृति नहुँदा पनि प्रस्थान अनुमति दिएको पाइएपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अधिकृत चेतबहादुर सेजुवाललाई विभागमा तानिएको हो ।

    अध्यागमन विभागका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा यात्रु उडिसकेपछि मात्रै वैदेशिक रोजगार विभागको प्रणालीमा उनको श्रम स्वीकृतिको प्रक्रिया अघि बढाइएको देखिएको छ । नेपाली पोर्ट प्रणालीको विवरण तथा विमानस्थलको सीसीटीभी फुटेज अध्ययन गर्दा घटनाबारे थप तथ्य खुलेको विभागले जनाएको छ ।

    ती यात्रु असोज ५ गते बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा पुगेका थिए । श्रम स्वीकृति नभए पनि उनले अध्यागमन डेस्कमा करिब आधा घण्टा कुराकानी गरेको र सोही क्रममा तेस्रो व्यक्तिसँग समेत सम्पर्क भएको अनुसन्धानबाट खुलेको बताइएको छ । त्यसपछि बिहान करिब ७ः१० बजे उनलाई प्रस्थान अनुमति दिइएको थियो ।

    घटनामा एक जना बिचौलियाको समेत भूमिका देखिएको विभागले जनाएको छ । अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार जापानमा रहेका एक व्यक्तिले क्यूआरमार्फत बिचौलियालाई २३ हजार रुपैयाँ पठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    रकम पठाएपछि बिचौलियामार्फत प्रक्रिया मिलाइएको र रकम आएको यकिन गरेर अध्यागमन अधिकृत सेजुवालले प्रस्थान अनुमति दिएको देखिएको विभागको भनाइ छ ।

    प्रारम्भिक छानबिनले प्रस्थान अनुमति दिने अध्यागमन अधिकृतको प्रत्यक्ष संलग्नता देखिएको निष्कर्ष निकालेपछि घटनाबारे विस्तृत अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाइएको निर्देशक ढकालले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - ११:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij