Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

राप्ती नदिको टापुमा फसेका चार जनाको १९ घण्टापछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार

राप्ती नदिको टापुमा फसेका चार जनाको १९ घण्टापछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार


  • 4.5K
    Shares

    राप्ती नदिको टापुमा फसेका चार जनाको १९ घण्टापछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार
    images

    दाङ । दाङस्थित राप्ती नदीको टापुमा १९ घण्टादेखि फसेका चार जनाको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । 

    लमही नगरपालिका—७ हसनापुर र राजपुर गाउँपालिका—२ बेला स्थित राप्ती नदिकोबीच टापुमा मंगलबार दिउँसो २ बजेदेखि फसेका चार जनाको उद्दार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए ।

    दुबै तिर राप्तीको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरु अबिरल वर्षासँगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गाइ बस्तुसँग अलपत्र परेका थिए ।  

    उद्दार गरिएका ब्यक्तिहरुमा लमही ७ बस्ने वर्ष ४८ का मन्सराम चौधरी, राजपुर २ बस्ने वर्ष ५० कि साबित्री यादव, सोही ठाउँ बस्ने वर्ष २६ का राधेश्याम यादव र राजपुर ३ बस्ने वर्ष २५ का गणेश यादव रहेका छन् । 

    राति ९ बजे उनीहरु फसेको जानकारी आए पनि  रातको समयमा पानीको अत्यधिक बहाबका कारण उद्दारमा कठिनाई भएको थियो ।

    बुधबार बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाई गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादब बिश्वकर्माकोको कमान्डमा गएको विपद् ब्यबस्थापन सहितको टोलीले ९ बजे चारै जनाको उद्दार गरि घर पठाएको हो । उनीहरुले चराउन लिएर गएका गाइबस्तु चाहिँ टापुमै रहेका छन् ।

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - ११:११:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij