Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सेनादेखि प्रहरीसम्म जागिर लगाइदिने भन्दै २७ लाख ठगी गर्ने पक्राउ

सेनादेखि प्रहरीसम्म जागिर लगाइदिने भन्दै २७ लाख ठगी गर्ने पक्राउ


  • 911
    Shares

    सेनादेखि प्रहरीसम्म जागिर लगाइदिने भन्दै २७ लाख ठगी गर्ने पक्राउ
    images

    काठमाडौं । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वन रक्षकमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका–७ का ३९ वर्षीय मोहन केसी भनिने राज श्रेष्ठ छन् । 

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध कैलालीमा मुद्दा रहेकाले इलाका प्रहरी कार्यालय भजनी कैलाली पठाइएको छ ।

    उनले २७ लाख ३० हजार बराबरको ठगी गरेको प्रहरीले बताएको छ । उनले मोहन केसी नामको नागरिकताबाट बैंक खाता खोली विभिन्न कम्पनीको सीमकार्ड निकालेर पीडितहरुहलाई जागिरको प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १७:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij