Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार छः मन्त्री गौतम

सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार छः मन्त्री गौतम


  • 813
    Shares

    सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार छः मन्त्री गौतम
    images

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार रहेको बताएकी छन् । प्रतिनिधि सभाको मंगवबारको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बिबिएनजे) सम्झौतामाथि सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।

    मन्त्री गौतमले पछिल्ला प्राकृतिक विपत्तिहरूलाई मध्यनजर गर्दै विकासको मोडल पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विपद्लाई केन्द्रमा राखेर कानून निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन्। विकास निर्माणमा रेजिलियन्ट ९लचिलो० मोडल अपनाउनुपर्ने र त्यसका लागि सरकार दृढ रहेको जिकिर गरेका छन् । 

    उनले भनिन्, ‘हामीले विपदलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्ने आजको आवश्यकता छ । विकास निर्माणमा रेजिलियन्ट ९लचिलो० मोडल अपनाउनुपर्छ र त्यसका लागि सरकार दृढ छ । सन्धि सम्झौता मात्र गरेर हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने कानुनहरू पनि समयमै बन्नुपर्छ । यस वर्ष हामी १६६ वटा कानून बनाउने लक्ष्यमा छौं र अहिलेसम्म ४० भन्दा बढी दर्ता भइसकेका छन् ।’

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १७:१८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij