Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

बाढीमा बगेको शवबाट सुनको मुन्द्रा लुट्ने दुई जनालाई धरौटी

बाढीमा बगेको शवबाट सुनको मुन्द्रा लुट्ने दुई जनालाई धरौटी


  • 946
    Shares

    बाढीमा बगेको शवबाट सुनको मुन्द्रा लुट्ने दुई जनालाई धरौटी
    images

    काठमाडौं । रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनको मुन्द्रा लुटेको अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत चितवनले धरौटीमा छाड्न आदेश दिएको छ।

    चितवन जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले मदन गुरुङ र उमेश चौधरीलाई जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको हो।

    भदौ १० गते आएको बाढीले बगाएर ल्याएको एक महिलाको शव भरतपुर महानगरपालिका–२ स्थित नारायणी नदी किनारमा अडिएको थियो। शव हेर्न पुगेका गुरुङ र चौधरीले मृतकको कानमा रहेको सुनको मुन्द्रा देखेपछि बाँसको लाठी प्रयोग गरी शवबाट मुन्द्रा निकालेको अभियोग छ।

    घटनाको फोटो, भिडियो र अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले दुवै जनाको साथबाट दुई-दुई वटा गरी चार वटा सुनका मुन्द्रा बरामद गरेको जनाएको छ।

    अदालतमा भएको बयानका क्रममा दुवै जनाले शवबाट मुन्द्रा निकालेको स्वीकार गरेका थिए। उनीहरूले आफूहरूबीच सल्लाह गरेर मुन्द्रा निकालिएको र पछि दुई-दुई वटा बाँडेर लिएको बयान दिएका छन्।

    अदालतले प्रहरीको किटानी प्रतिवेदन, बरामदी मुचुल्का, सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्य तथा प्रतिवादीहरूको बयानलाई आधार बनाउँदै तत्काल पुर्पक्षका लागि थुनामा राख्न आवश्यक नदेखिएको जनाएको छ। मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि भने जनही २५ हजार रुपैयाँ धरौटी माग गरिएको हो।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १४:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij