Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो


  • 1.1K
    Shares

    त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
    images

    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ हुन् ।

    त्रिपुरेश्वरमा सोमबार भएको घटनामा दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र उनले प्रयोग गरेको खुल्न आएको एसएसपी घिमिरेले बताएका छन्।

    एसएसपी घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने तथ्यहरू खुलेका छन्।

    प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजु बस पल्टिँदा तीन जना घाइते भएको घटनामा उनी संलग्न रहेका थिए । त्यसयता उनी फरार थिए । उक्त घटनामा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरे बताएका छन् ।

     
     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १२:१३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij