Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

त्रिपुरेश्वर बसमा जलेर मृत्यु भएका व्यक्तिको पहिचानमा अन्योल, दाबी गर्ने व्यक्तिसँग सोधपुछ

त्रिपुरेश्वर बसमा जलेर मृत्यु भएका व्यक्तिको पहिचानमा अन्योल, दाबी गर्ने व्यक्तिसँग सोधपुछ


  • 1.5K
    Shares

    त्रिपुरेश्वर बसमा जलेर मृत्यु भएका व्यक्तिको पहिचानमा अन्योल, दाबी गर्ने व्यक्तिसँग सोधपुछ
    images

    काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    घटनास्थलबाट फेला परेको लाइसेन्सका आधारमा मृतक काभ्रेका २५ वर्षीय दावा लामा भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको थियो। तर आफू दावा लामा नै भएको बताउने व्यक्ति सकुशल सम्पर्कमा आएपछि मृतकको पहिचानबारे अन्योल सिर्जना भएको छ।

    लाइसेन्स दुरुपयोग भएको हुन सक्ने आशंकासमेत गरिएको छ। प्रहरीले आफूलाई दावा लामा बताउने व्यक्तिलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बोलाएर सोधपुछ गरिरहेको जनाएको छ। प्रहरीले उनको बयान तथा अन्य प्रमाणका आधारमा मृतकको वास्तविक पहिचान खुलाउने प्रयास गरिरहेको छ।

    रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो। आगलागी हुनुअघि बस चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ।

    विवाद भएको केही समयपछि बसको पछाडिको भागबाट आगो सल्किएको थियो। घटनामा एक जनाको जलेर मृत्यु भएको थियो। घटनाबारे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।  

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - ०९:५१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij