Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

बसमा आगलागी हुँदा राहदानी सेवा प्रभावित

बसमा आगलागी हुँदा राहदानी सेवा प्रभावित


  • 918
    Shares

    बसमा आगलागी हुँदा राहदानी सेवा प्रभावित
    images

    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा भएको बस आगलागीका कारण राहदानी सेवा प्रभावित भएको छ ।  

    विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएपछि त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो।

    सोमबार विभागले एक  सूचना जारी गरी छपाइ र वितरण कार्यमा प्राविधिक अड्चन आए तापनि नयाँ राहदानीका लागि आवश्यक पर्ने आवेदन सङ्कलन प्रक्रिया भने पूर्ववत् रूपमै नियमित सञ्चालन भइरहेको विभागले स्पष्ट पारेको छ।   

    विद्युत् तथा इन्टरनेट सेवामा अचानक अवरोध सिर्जना भएपछि विभागको मुख्य सर्भर र प्राविधिक प्रणाली सञ्चालन हुन नसक्दा राहदानीको छपाइ प्रक्रियामा प्रत्यक्ष असर पर्न गएको विभागले जनाएको छ ।

    छपाइ प्रक्रिया प्रभावित भएपछि तयार भइसकेका तथा बन्ने क्रममा रहेका राहदानीहरू समयमै सेवाग्राहीलाई वितरण गर्न कठिनाइ उत्पन्न भएको  विभागले जनाएको छ । 

    हाल अवरुद्ध हुन पुगेका विद्युत् र इन्टरनेट सेवा पुनर्स्थापनाका लागि तीव्र गतिमा मर्मत कार्य भइरहेको जनाएको छ।

    rr_l2Qnd1hhZg.webp

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १६:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij