Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

बसमा आगो लगाउने चालकको अवस्था गम्भीर, ९० प्रतिशत शरीर जल्यो

बसमा आगो लगाउने चालकको अवस्था गम्भीर, ९० प्रतिशत शरीर जल्यो


  • 1.4K
    Shares

    बसमा आगो लगाउने चालकको अवस्था गम्भीर, ९० प्रतिशत शरीर जल्यो
    images

    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका बसका चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ । 

    कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा।विशाल कार्कीका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको छ ।

    घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो । सोमबार बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय लामाले आगो लगाएका थिए । 

    ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकोले यसबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।

     

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १४:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij