Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

मौसम प्रणाली उत्तर–पश्चिम सर्दै, नेपालमा वर्षाको सम्भावना

मौसम प्रणाली उत्तर–पश्चिम सर्दै, नेपालमा वर्षाको सम्भावना


  • 1.2K
    Shares

    मौसम प्रणाली उत्तर–पश्चिम सर्दै, नेपालमा वर्षाको सम्भावना
    images

    काठमाडौं । अण्डमान सागर आसपास विकास भई हाल बंगालको खाडीमा केन्द्रित रहेको नयाँ मौसमी प्रणालीका कारण नेपालमा वर्षा गराउने आकलन गरिए पनि यसले पार्नसक्ने असर र जोखिमको स्तरबारे भने अहिल्यै यकिन गर्न नसकिने जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ। 

    उक्त प्रणाली उत्तर(पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले विभागले यसको सुक्ष्म निगरानी गरिरहेको जनाएको छ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले अण्डमान सागर आसपास विकसित भएको न्यून चापीय प्रणाली हाल बंगालको खाडीको पूर्व(मध्य भूभागमा अवस्थित रहेको बताइन् । 

    यो प्रणाली आउँदा दिनहरूमा अझ बढी संगठित र बलियो बन्दै पश्चिम(उत्तर(पश्चिम दिशातिर अघि बढ्ने सम्भावना देखिएको उनको भनाइ छ । यस मौसमी हलचलका कारण नेपालमा वर्षाको सम्भावना बढेको भए पनि त्यसको वास्तविक प्रभाव, वर्षाको मात्रा र सम्भावित क्षतिबारे अहिल्यै टुंगोमा पुग्न नसकिने महाशाखाको विश्लेषण छ।

    यसैबीच, मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा केही दक्षिणतर्फ रहे पनि नयाँ विकसित प्रणालीका कारण आगामी २४ घण्टाभित्र देशका विभिन्न भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुनेछ भने ती प्रदेशका पहाडी भेगका एक(दुई स्थानमा खण्डित खालको भारी वर्षाको समेत सम्भावना रहेको छ। महाशाखाले भारी वर्षाको जोखिम रहेका स्थानहरूका लागि ‘पहेंलो चेतावनी’ जारी गर्दै पूर्वतयारीमा रहन आग्रह गरेको छ।

    पछिल्लो २४ घण्टामा तनहुँको खानीखोला स्टेसनमा सबैभन्दा बढी ४१.८ मिलिमिटर तथा मकवानपुरको सिलिङ्गेमा ३८।८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। 

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १२:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij