Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

बस पल्टिँदा १ जनाको मृत्यु, ५ घाइते

बस पल्टिँदा १ जनाको मृत्यु, ५ घाइते


  • 1.0K
    Shares

    बस पल्टिँदा १ जनाको मृत्यु, ५ घाइते
    images

    काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ। 

    तानसेन नगरपालिका- ८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे। १ ज ९७६ नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा ज्यान गुमाउनेमा पाल्पाकै पूर्वखोला गाउँपालिका–४ बस्ने वर्ष ६३ की अनसरा खाम्चा रहेकी छन्। 

    घाइते सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ।  दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पा पठाइएको थियो। खाम्चाको उपचारका क्रममा मृत्यु भएको हो। 

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १०:४२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij