२०८२ भाद्र २५ गते बुधवार
गोरखा । आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको घरमा जाने क्रममा चौधरीलाई खोलाले बगाएको डीएसपी प्रकाश दाहालले बताए । स्थानीयको सहयोगमा मान्वु प्रहरी चौकीबाट खटिएको टोलीद्वारा उनको खोजी भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij