Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा, यस्ता छन् अन्य अजेन्डा

लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा, यस्ता छन् अन्य अजेन्डा


  • 974
    Shares

    लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा, यस्ता छन् अन्य अजेन्डा
    images

    काठमाडौं । नबिल बैंकले ४२औँ वार्षिक साधारणसभा असोज २२ गते आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।

    बैंकका अनुसार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजे सभा सुरु हुनेछ।

    सभामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको १५.८० प्रतिशत लाभांश वितरणसम्बन्धी प्रस्ताव पेस गरिनेछ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

    त्यस्तै, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

    अधिकृत पुँजी ३४ अर्ब पुर्‍याउने प्रस्ताव

    बैंकले आफ्नो अधिकृत पुँजी बढाएर ३४ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। अधिकृत, जारी तथा चुक्तापुँजीमा आवश्यक वृद्धि गर्न प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभाबाट अनुमोदन गराउने तयारी छ।

    नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनमा थप निर्देशन वा फेरबदल आवश्यक भएमा त्यसअनुसार गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।

    मर्जर तथा प्राप्तिको अधिकार सञ्चालक समितिलाई

    साधारणसभाले बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने वा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ।

    यसैगरी, संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन पनि सभाबाट हुनेछ।

    सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्ने कार्यसूची रहेको छ।

    नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत विवरण पनि सभाबाट स्वीकृत गरिनेछ।

    असोज १३ गतेसम्मका शेयरधनी लाभांशका लागि योग्य

    बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज १३ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १३:१३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij