Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एकल महिलालाई कांग्रेसले बनाइदियो घर

एकल महिलालाई कांग्रेसले बनाइदियो घर


  • 5.3K
    Shares

    एकल महिलालाई कांग्रेसले बनाइदियो घर
    images

    झापा । सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली कांगेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको छ ।

    एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । घर निर्माणमा रु १४ लाख खर्च भएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समिति र पार्टीको वडा नं ११ समितिले संयुक्तरूपमा घर निर्माण गरेका हुन् ।

    स्थानीय रामबहादुर चौधरीसँग विसं २०५९ मा अन्तरजातीय विवाह गर्नुभएकी भीमाकुमारीका पतिको एक दशकअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । भीमाकुमारीका दुई छोरा छोरी छन् । माइतीमा बसेर उहाँले जनमन गरेर बालबच्चाको पालनपोषण गर्दै आउनुभएको छ ।

    घरबारविहीन भएका कारण उहाँको घर निर्माणमा पार्टीले अग्रसरता लिएको जनाउँदै कांग्रेस शिवसताक्षी नगर समितिका सभापति परशुराम ढुङ्गानाले आगामी विपी जयन्तीमा भीमाकुमारीलाई घर हस्तान्तरण गरिने बताउनुभयो ।

    घर निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद ढकालले पार्टी परिवार र विदेशबाट शुभेच्छुकहरुले भीमाकुमारीको घर बनाउन आर्थिक सहयोग प्रदान गरेको जानकारी दिनुभयो । सोमबार नेपाली कांग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिले सो घर निर्माणका लागि रु ५५ हजार सहयोग पठाएको उहाँले जानकारी दिनुभयो । रासस

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - १०:३१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij