२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको छ ।
सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ७४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदी प्रतिदश ग्राम ४ हजार १७ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij