२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २.१०३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। बैंकको हालको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।
बैंकका अनुसार प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक हुनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट लाभांशसम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ।
वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र शेयरधनीलाई उक्त नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ।
यससँगै कुमारी बैंकका शेयरधनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित २.१०३ प्रतिशत नगद प्रतिफल प्राप्त गर्ने भएका छन्। लाभांश वितरणको अन्तिम प्रक्रिया भने राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको निर्णयपछि अघि बढ्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij