२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले कुल १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकका अनुसार कर्मचारीहरूको तर्फबाट एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ।
त्यसैगरी, प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट स्थानीय तहसँगको समन्वयमा थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।
बैंकले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij