Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

चलचित्र ‘झिङ्गे दाउ २’ को दसैँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक

चलचित्र ‘झिङ्गे दाउ २’ को दसैँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक


  • 2.6K
    Shares

    चलचित्र ‘झिङ्गे दाउ २’ को दसैँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
    images

    काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिङ्गे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक गरिएको छ। 

    चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दसैँको माहौल समेटिएको यो नयाँ गीत बाहिर ल्याएको हो।

    अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको यस गीतमा रामचन्द्र काफ्ले र शान्ति श्री परियारको स्वर छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टलाई फिचर गरिएको छ। 

    रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा कलाकारहरू रातो टीका र जमरामा सजिएका छन् भने पृष्ठभूमिमा लिङ्गे तथा रोटे पिङमा रमाउँदै गरेका कोरसहरू देख्न सकिन्छ। यसअघि सार्वजनिक तीज गीत ‘जेठानी–देउरानी’ ले राम्रो चर्चा कमाएको थियो।

    कपनगढी सिनेमा प्रा।लि। र फिल्म क्रिउ नेपाल प्रा।लि। को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह(निर्माताका रूपमा रहेका छन्। विष्णु घिमिरे ‘कल्पित’ को छायाङ्कन, मित्र डि गुरुङको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन चलचित्रमा रहेको छ।

    चलचित्रमा केकी, आँचल, महेश र कुशलका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, सङ्गम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १५:५५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij