Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

लागुऔषध खुवाएर २० वर्षसम्म श्रीमतीमाथि बलात्कार, अदालतले ठहर गर्‍यो दोषी

लागुऔषध खुवाएर २० वर्षसम्म श्रीमतीमाथि बलात्कार, अदालतले ठहर गर्‍यो दोषी


  • 2.5K
    Shares

    लागुऔषध खुवाएर २० वर्षसम्म श्रीमतीमाथि बलात्कार, अदालतले ठहर गर्‍यो दोषी
    images

    काठमाडौं । बेलायतका एक पुरुषले आफ्नी श्रीमतीलाई जानकारी नदिई २० वर्षभन्दा बढी समयसम्म लागुऔषध खुवाएर बलात्कार गरेको स्वीकार गरेका छन् । 

    उत्तरी इंग्ल्यान्डको म्यानचेस्टरस्थित अदालतमा सोमबार ती पुरुषले बलात्कार, बलात्कारको प्रयास, यौन दुर्व्यवहार तथा नियतपूर्वक पदार्थ खुवाएको लगायत दर्जनौँ अपराधमा दोषी स्वीकार गरेका हुन् । ६० वर्ष उमेर समूहका ती पुरुषको पहिचान सार्वजनिक गरिएको छैन । श्रीमतीको गोपनीयता कायम राख्न उनको नाम पनि गोप्य राखिएको छ ।

    सुरुमा उनले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका थिए । तर यसै गर्मीयाममा उनले बलात्कारका पाँच, यौन दुर्व्यवहारका तीन तथा श्रीमतीको सहमतिबिना उनका अन्तरंग तस्बिर सार्वजनिक गरेको एक आरोपमा दोष स्वीकार गरेका थिए । अहिले उनले कुल ६० वटा अपराधमा दोषी स्वीकार गरेका छन् ।

    सोमबार अदालतमा दोषी स्वीकार गर्दा उनकी श्रीमती पनि अदालतमा उपस्थित थिइन् । उक्त महिलामाथि यौन अपराध गरेको आरोपमा बेलायतका विभिन्न स्थानबाट आएका २८ देखि ७४ वर्ष उमेर समूहका अन्य १२ पुरुष पनि आरोपित छन् । उनीहरूले आफूविरुद्धका सबै आरोप अस्वीकार गरेका छन् र उनीहरूमाथि म्यानचेस्टरमै मुद्दा चल्नेछ । अभियोजन पक्षले यसै साता आफ्नो मुद्दाको प्रारम्भिक बहस सुरु गर्ने अपेक्षा गरिएको छ ।

    ग्रेटर म्यानचेस्टर प्रहरीले जारी गरेको विज्ञप्तिमा सहायक प्रमुख प्रहरी अधिकृत रिक ज्याक्सनले सोमबार प्रहरीको ध्यान ‘अत्यन्त भयावह दुर्व्यवहारको यो घटनाबाट पीडित महिलालाई जटिल अनुसन्धानका क्रममा सहयोग गर्नमा केन्द्रित रहेको’ बताएका छन् । पीडित महिलाले अझै पनि विशेषज्ञ सहयोग पाइरहेको जानकारी उनले दिएका छन् ।

    एजेन्सी

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १५:०९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij