Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता

इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता


  • 890
    Shares

    इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता
    images

    काठमाडौं । २४० जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आइतबार इन्डोनेसियामा बेपत्ता भएको छ। सीएनएनका अनुसार जाभा सागरमा जहाजको सम्पर्क टुटेको हो।

    भर्जो ट्रान्सपोर्ट ८ नामको यो जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो।

    अधिकारीहरूले खोजी अभियान सुरु गरेका छन्।

    बन्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार आफ्नो यात्राका क्रममा सञ्चार प्रणाली अवरुद्ध भयो र त्यसपछि सम्पर्क हुन सकेको छैन। 

    उद्धार अधिकारीहरूका अनुसार जहाजको अन्तिम लोकेसन जाभा सागरको बन्जारमासिनको घाटबाट लगभग १४८ किलोमिटर टाढा रहेको संकेत पाइएको छ।

    इन्डोनेसियाले जहाजका ठुलठुला दुर्घटना  भोगेको छ। सन् १९८१ मा ट्याम्पोमास(२ यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा ४३० जनाको मृत्यु भएको थियो। 

     

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १०:४१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij