Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आज सुन चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

आज सुन चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 2.2K
    Shares

    आज सुन चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकिएको छ । यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ ।

    साथै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ कायम भएको छ ।

    बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदी प्रतितोला २ सय ५५ रुपैयाँले घटेको हो । बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १२:०१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij