२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा जिल्लामा हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ। बाढीका कारण हैजालगायत पानीजन्य रोगको जोखिम बढेको जनाउँदै खोप अभियान सञ्चालन गरिएको हो।
अभियानको सुरुवात जिल्ला जनस्वास्थ्य कार्यालय, रसुवाका प्रमुख निरध्वज घर्ती मगरलाई खोप प्रदान गरेर गरिएको छ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त भएको २१ हजार डोज खोप रसुवा पठाइएको थियो। डब्लूएचओले मुखबाट दिइने ९ओसीभी० खोप प्रदान गरेको थियो।
यसैगरी, नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पनि हैजा विरुद्धको खोप अभियानको सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij