२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार र राहतका कामबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको बैठकले बाढी प्रभावितको राहत, पुनःस्थापना तथा उद्धारलाई प्रभावकारी बनाउन संसद्मा समेत आवाज उठाउने निर्णय गरेको हो ।
बैठकपछि नेकपा एमालेकी उपनेता पद्मा अर्यालले अहिलेसम्म भएका खोज, उद्धार र राहतका कामप्रति धन्यवाद दिँदै सुरुदेखि नै प्रभावकारी समन्वय भएको भए थप जनधन जोगाउन सकिने बताइन् ।
उनले प्रभावित नागरिकका लागि तत्काल गाँस, बास र कपासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij