२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ यही शुक्रबारदेखि प्रसारणमा आउने भएको छ ।
बाढीका कारण यसअघि रोकिएको सिरियल २६ भदौदेखि हरेक शुक्रबार नेपाली समयअनुसार साँझ ८ः१५ बजे धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।
अमेरिकाको नर्थ क्यारोलाइनाका विभिन्न स्थानमा छायांकन गरिएको सिरियलमा धुर्मुस–सुन्तलीसँगै मोहन मिश्र, दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मनिका चौलागाँईलगायत कलाकारको अभिनय छ । यसै सिरियलमार्फत उनीहरूकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा डेब्यु गरेकी छन् ।
सिरियलले अमेरिकामा रहेका नेपालीको संघर्ष, अवसर, चुनौती र प्रवासी जीवनलाई हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij