Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कैलालीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो

कैलालीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो


  • 7.3K
    Shares

    कैलालीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो
    images

    कैलाली । कैलालीमा खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

    परिमार्जित निषेधाज्ञाअनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थानबाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहनेछ। वीमा, बैंक तथा वित्तिय संस्थाको सेवा विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने, सभा, सम्मेलन, गोष्ठी, तालीम, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, क्लब स्विमिङ पुल, पार्क, सैलुन, जिमखाना भने सञ्चालन गर्न पाइनेछैन् ।

    यस्तै खाद्य सामाग्रीका पसलहरु, निर्माण सामाग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडा वर्तनका पसल, पुस्तक पसल, कपडा तथा फेन्सी पसल, टेलरिङ सेन्टर, विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । वर्कसपहरु विहान ८ बजेदेखि साँझ ६ बजेसम्म, होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु बन्द रहनेछन् ।

     

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १३:५३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij