२०८२ भाद्र २५ गते बुधवार
विश्वकै सबैभन्दा ठूलो परिवार भएका भारतमा जिओना चानाको ७६ वर्षको उमेरमा निधन भएको छ । एनडीटीभीका अनुसार ३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका जिओनाको आइतबार निधन भएको हो ।
मिजोराम राज्यका मुख्यमन्त्री जोराम थांगाले ट्विटरमा विश्वकै ठूलो परिवार भएका जिओना चानाको निधन भएको जानकारी दिएका छन् ।
डाएबिटिज र हाइपरटेन्सनबाट प्रताडित उनको आइतबार दिउँसो ३ बजे अैजवालको ट्रिनिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जिओना चाना समूहका प्रमुख थिए । उनी बस्ने गाउँमा ४ सय परिवार बसोबास गर्दछन् । सो समुदायमा पुरुषलाई बहु विवाह गर्न छुट रहेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij