Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

धारिलो हतियार प्रहार गर्दा एक जना घाइते

धारिलो हतियार प्रहार गर्दा एक जना घाइते


  • 5.4K
    Shares

    धारिलो हतियार प्रहार गर्दा एक जना घाइते
    images

    धनुषा । धनुषामा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एक जना घाइते भएका छन् ।

    शहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने ७० वर्षीय रामअवतार यादव अपरिचित व्यक्तिले आइतवार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन् ।

    आफ्नै घर नजिकै रहेको गोठमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिहरुले यादवलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चोराकोयलपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुरतर्फ पठाएको छ ।

    हाल फरार अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १३:०९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij