Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कोरोना संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

कोरोना संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन


  • 3.9K
    Shares

    कोरोना संक्रमणबाट पूर्वसांसद  अधिकारीको निधन
    images

    काठमाडौं । पूर्वसांसद एवं नेपाली कांग्रेस लमजुङका पूर्वसभापति हरिभक्त अधिकारीको निधन भएको छ ।

    लामो समयदेखि उच्च रक्तचाप, मधुमेहलगायतका रोगले पीडित अधिकारीलाई कोरोना संक्रमण देखिएपछि २८ जेठमा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।  ७९ वर्षीय अधिकारीको उपचारका क्रममा आइतबार राति ११ बजे निधन भएको हो ।

    अधिकारी २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । समाज सेवामा विशेष रुचि राख्ने अधिकारी कांग्रेसमा सादगी नेताको रूपमा परिचित थिए । अधिकारीका पत्नी, दुई छोरा र एक छोरी छन् । 

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १२:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij