Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

चलचित्र ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

चलचित्र ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक


  • 2.4K
    Shares

    चलचित्र ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक
    images

    काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ । प्रेमको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तमुको शब्द तथा संगीत छ । सुरजसँगै शान्तिश्री परियारको स्वर रहेको छ । चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउँदै छ । 

    गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ । गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई समेत संकेत गरेको छ । 

    बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ ।

    माओत्से गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ । 

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १६:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij