Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

प्रधानमन्त्री शाहको भ्रमण टोली तय

प्रधानमन्त्री शाहको भ्रमण टोली तय


  • 1.1K
    Shares

    प्रधानमन्त्री शाहको भ्रमण टोली तय
    images

    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ।

    प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन्।

    परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली विभिन्न साइडलाइन बैठकमा सहभागी हुन सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्नेछ। प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा प्रस्थान गर्ने र सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    महासभामा प्रधानमन्त्री शाहको सम्बोधन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्मको समयावधिमा हुने तय भएको छ। उक्त सत्रमा उनको सम्बोधनको पालो १७औँ नम्बरमा रहेको बताइएको छ।

    यसअघि महासभामा परराष्ट्रमन्त्री खनालले मात्रै नेपालको प्रतिनिधित्व गर्ने तयारी थियो। तर भोटेकोशी–त्रिशूली बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपद्का विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउन प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुने निर्णय भएको हो।

    प्रधानमन्त्री शाहले महासभाका क्रममा बाढीबाट भएको क्षति, उद्धार तथा पुनःस्थापनाका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

    प्रधानमन्त्रीको नेतृत्वमा जाने टोली सेप्टेम्बर २५ मा स्वदेश फर्कने कार्यतालिका रहेको छ।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १३:२७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij