Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

माथिल्लो त्रिशूली–३ ‘बी’मा सम्पर्कविहीनको खोजी तीव्र, ठूला एस्काभेटर परिचालन

माथिल्लो त्रिशूली–३ ‘बी’मा सम्पर्कविहीनको खोजी तीव्र, ठूला एस्काभेटर परिचालन


  • 1.0K
    Shares

    माथिल्लो त्रिशूली–३ ‘बी’मा सम्पर्कविहीनको खोजी तीव्र, ठूला एस्काभेटर परिचालन
    images

    काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकहो लोडर पुर्‍याइएको छ।

    भदौ १० गते आएको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि अहिले १७८ जना अझै सम्पर्कविहीन छन्।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार यसअघि साना एस्काभेटरमार्फत आवास तथा कार्यालय क्षेत्रमा उत्खनन भइरहेको थियो। ठूला मेसिन लैजान नसक्दा खोजी कार्यमा अपेक्षित प्रगति हुन सकेको थिएन।

    धेरै दिनको प्रयासपछि अडिट तथा मुख्य सुरुङ सफा गरी तीन वटा ठूला एस्काभेटर बाढी प्रभावित क्षेत्रमा पुर्‍याइएको हो। अहिले ती उपकरणमार्फत बाढीले थुपारेको लेदो, ढुंगा र माटो हटाउँदै उत्खनन भइरहेको छ।

    प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार नेपाली सेना र आयोजनाका कर्मचारीले सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै १.७ किलोमिटरसम्म खोजी गरेका छन्। त्यस क्रममा सुरुङभित्र एउटा गाडीसमेत फेला परेको थियो।

    बाढीले आयोजनाका ६ आवासीय भवन र एउटा कार्यालय भवन पुरिएका छन्। पुरिएका संरचना तथा सम्पर्कविहीनहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १३:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij