२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । जग्गाको विषयलाई लिएर आफ्नै भाइलाई कालोमोसो दल्ने एक व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१, टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मणप्रसाद शर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार शर्माले मंगलबार बिहान ८ः५५ बजे वीरेन्द्रनगर नगरपालिका–२, टेम्पोपार्कमा बस्ने आफ्ना ६३ वर्षीय भाइ नारायणप्रसाद शर्मामाथि जग्गाको विषयलाई लिएर कालोमोसो छ्यापेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी बाङ्गेसिमलबाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमाण्डमा खटिएको दुई सदस्यीय प्रहरी टोलीले लक्ष्मणप्रसादलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij