Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

गाँजा तस्करीमा स्कर्टिङ गर्दै गरेका दुई चालक पक्राउ

गाँजा तस्करीमा स्कर्टिङ गर्दै गरेका दुई चालक पक्राउ


  • 1.3K
    Shares

    गाँजा तस्करीमा स्कर्टिङ गर्दै गरेका दुई चालक पक्राउ
    images

    काठमाडौं । मनहरि गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले २३ गते राति करिब २:४५ बजे भाबरस्थित भित्री सडकखण्डमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो ।

    भाबरबाट खरङ्गातर्फ आउँदै गरेको कार र पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा पिकअप गाडी भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    कारभित्रको सिटमा प्लास्टिकले बेरेर लुकाई छिपाइ राखिएको अवस्थामा १३ पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको छ ।

    कार चालक चितवनको माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिएको छ ।

    अनुसन्धानका क्रममा पिकअप गाडीका चालकले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको छ । गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरिमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १०:२७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij