२०८३ आश्विन २९ गते बिहिवार
१. हेटौंडामा तौलपुल सञ्चालन
सात वर्षपछि वागमती प्रदेशको राजधानी हेटौँडामा सोमवारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ ।
नारायणी यातायात व्यवसायी संघले हेटौँडा–११, थानाभ¥याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा मालवाहक सवारीसाधनको तौल परीक्षण गर्ने तौलपुल पुनः सञ्चालनमा ल्याएको हो । २०७७ सालदेखि बन्द रहेको तौलपुल सोमवार नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईं, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेश विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थितिमा पुनः सञ्चालन गरिएको हो ।
२. सिर्सिया खोला प्रदूषण रोक्न उद्योगीलाई मन्त्रीको एक साताको अल्टिमेटम
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको समयसीमा दिनुभएको छ । सोमवार मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उहाँले वातावरण संरक्षण सम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिनुभएको हो । सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौँ उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदुषित भएको छ । यसबाट बाराको सिमरा, महुली तथा पर्साको सिरसिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनी लगायत दर्जनौँ गाउँका लाखौँ बासिन्दा प्रभावित भएका छन् । उद्योगहरूले वातावरण संरक्षण ऐनको दायरा उल्लंघन गरी दुषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन र समग्र मानव स्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको उहाँको ठहर छ । मन्त्रीले उद्योगीहरूलाई यो विषयलाई केवल औपचारिक बैठकको रूपमा मात्र नलिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिनुभयो ।
३. सडक नै प्रतिक्षालय, सिलिण्डर नै कुर्सी (तस्बिरहरु)
काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्यान्ह पुग्दा जो–कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा सयौँ मिटर लामो लाममा उभिएका थिए– हातमा रित्तो रातो सिलिण्डर बोकेका आम नागरिकहरू । न अनुहारमा छाँटकाँट थियो, न शरीरमा आराम । थियो त केवल एउटै चिन्ता– ‘आज साँझ घरको चुल्हो बल्छ कि बल्दैन ?’
४. विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रह
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद त्यागेर एकजुट हुन आह्वान गर्नुभएको छ । जनकपुरमा आयोजित लायन्स क्लवको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो । नेता निधीले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीको तथ्याङ्कलाई उद्धृत गर्दै उहाँले हालसम्म १ हजार ३ सय बढीको मृत्यु भएको र ४ हजार ९ सयभन्दा बढी मानिस सम्पर्कविहीन रहेको जानकारी दिनुभयो ।
५. वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाहीको चेतावनी
उद्योग विभागले सिर्सिया खोलालाई प्रदुषित बनाउने उद्योगहरूलाई वातावरणीय मापदण्ड र शर्तहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ । सोमवार सिर्सिया खोला आसपासका उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा विभागका महानिर्देशक जितेन्द्र बस्नेतले उद्योगबाट निस्कने प्रदूषित पदार्थ सिधै खोलामा मिसाउने कार्य अब स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो । विगत एक दशकदेखि उठ्दै आएको सिर्सिया खोलाको प्रदूषण समस्या समाधानका लागि राज्य र उद्योगी दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने महानिर्देशक बस्नेतले बताउनु भयो ।
६. रसुवा बाढीका बेपत्ताको पहिचानमा कठिनाइः शिक्षण अस्पतालमा तस्बिर हेर्दै पर्खिंदै आफन्त
रसुवामा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको पहिचान र खोजीका लागि महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा तस्बिरहरू सार्वजनिक गरिएको छ । बाढीका कारण हालसम्म करिव ५ हजार मानिस सम्पर्कविहीन रहेको तथ्याङ्क छ । हालसम्म १ हजार ३ सयभन्दा बढी शव फेला परे पनि तीमध्ये जम्मा ९८ जनाको मात्रै पहिचान खुल्न सकेको छ ।
७. रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन
रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् ।
८. रसुवा बाढी अपडेटः मृतकको संख्या १,३५५ पुग्यो, करिव ५ हजार अझै बेपत्ता
रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको हो । २०८३ भदौ २२ गते बिहान ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणकाअनुसार बाढीमा परी निधन भएकामध्ये सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन् । जहाँ ३ सय ६३ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।
९.भोटेकोशी बाढीपछि राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधनः राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकतावद्ध हुन आह्वान गर्नुभएको छ । भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीले पु¥याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको हो । आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिनुभएको छ । बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजना जस्ता राष्ट्रका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता प्रकट गर्नुभयो ।
१०. भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
नेपाल इन्जिनियर्स एशोसिएशनले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका इन्जिनियरहरू तथा अन्य आम नागरिकको स्मृतिमा दीप प्रज्वलन गरेको छ । सोमवार साँझ काठमाडौंको माईतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो परिमाणमा मानवीय क्षति भएको थियो । उपलब्ध तथ्याङ्कअनुसार बाढीमा परेर हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् भने ५ हजार व्यक्तिहरू अझै बेपत्ता रहेका छन्।
११. भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोक
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा आज देशभर राष्ट्रिय शोक व्यक्त गरिँदैछ । सरकारले सोमवार (आज) बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक व्यक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज देशभरका सरकारी कार्यालय, प्रशासनिक केन्द्र सिंहदरबार तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत भदौ १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बाढीमा परी ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । सोही दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान र शोक प्रकट गर्न सरकारले यो कदम चालेको हो ।
१२. बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान
नेपाली काँग्रेसले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सरकारी कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सोमवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले बाढीपीडितको उद्धार र राहतलाई पार्टीले उच्च प्राथमिकतामा राखेको बताउनु भयो । प्रवक्ता चालिसेकाअनुसार पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । अर्थमन्त्रीले समेत यति ठूलो रकम सहयोग गर्ने नेपाली काँग्रेस पहिलो राजनीतिक दल भएको उल्लेख गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
१३. प्राकृतिक विपद्बाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
भोटेकोशी बाढीमा परी २ सय ३३ जना यातायात मजदुर बेपत्ता भएका छन् । गत भदौ १० गते गएको भोटेकोशी बाढीमा परी यातायात क्षेत्रमा अपूरणीय मानवीय तथा भौतिक क्षति पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको हो । महासंघकाअनुसार हालसम्म प्राप्त विवरणानुसार २ सय ३३ जना चालक तथा सहचालक बेपत्ता भएका छन् भने करिव ९ सय वटा सवारी साधनमा क्षति पुगेको छ ।
१४. त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा
त्रिशुलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएसँगै रसुवा जिल्लालाई सडक सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सडकको मर्मत सम्भार गरी यातायात सुचारु गरेका हुन् । मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरेदेखि फेदी बेसी चोक, हिरामुनिटार, चोगते, बोरे भञ्ज्याङ, सानो खोला (रसुवा), धनस्वारा र पाटिखर्क खण्डमा व्यापक मर्मत कार्य गरिएको छ ।
१५. ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’
एकातिर कक्षाकोठाको कालोपाटी, अर्कोतिर सडकको लाम । शनिवारदेखि खाली सिलिण्डर कुर्दैछन् कक्षा ५ का मनिष बस्नेत । काठमाडौंको एउटा साँघुरो गल्लीमा बिहानै उनी ग्यास पाइने आशमा लाइनमा छन् । सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिण्डरहरू फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन् । मानौँ कुनै कैदीको लस्कर उभिएको होस् । त्यही लस्करको बीचमा एउटा बालक बसेको छ ।
१६. काठमाडौंमा खाना पकाउने ग्यासको चरम अभावः कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती
काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ ।भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामवद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो । भोटेकोशी बाढी अघि पनि काठमाडौंमा ग्यासको अभाव थियो । सरकारलै ग्यासको अभाव नरहेको दाबी गर्दै केही समयमै सहज हुने बताएपनि आम नागरिकहरु लामवद्ध भएर ग्यासका लागि बसिरहेका छन् । ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन् ।
१७. उमेरसमूहमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने
आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण भदौको अन्त्यदेखि हुने भएको छ ।
उक्त प्रतियोगिता यसै भदौ ३१ देखि असोज २ गतेसम्म हुने लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुन लागेको हो । अखिल नेपाल टेबल टेनिस संघको सहकार्यमा काठमाडौं–४ ठमेलस्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत उक्त प्रतियोगिता हुँदैछ । आयोजक आरम्भ संस्कार विद्यालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरुबाट महिला र पुरुष दुवै खेलाडी तथा टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा टिम, सिंगल्सतर्फ यु–१०, यु–१२, यु–१४ र यु–१६ गरि कुल १० स्पर्धा प्रतिस्पर्धा हुँदैछ ।
१८. अन्नपूर्ण स्पाइकर किङ्सको दोस्रो जित
उरानबायर उत्कृष्ट प्रदर्शन जारी रहँदा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित निकाल्दै नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा शीर्ष दुईको दाबेदारी दिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार भएको खेलमा अन्नपूर्ण किङ्सले मधेश वारियर्समाथि ३–१ को सेटमा जित निकाल्यो । अन्नपूर्ण स्पाइकरको जितमा मंगोलियन स्टार उरानबायरले उत्कृष्ट प्रदर्शन गरे । अन्नपूर्ण स्पाइकरको लगातार दोस्रो जितमा उनी नै नायक बने । आइतबारको खेलमा पनि उनी नै म्यान अफ दी म्याच भए । तेस्रो खेलमा अन्नपूर्ण स्पाइकरको दोस्रो जित हो ।
१९. ‘हिमालय एक तर साझा नियति’ः नेपाल–भारत विपद् कुटनीतिको एक दशक
नेपाल र भारतबीचको सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धका परम्परागत सिद्धान्त वा कुटनीतिक औपचारिकताको साँघुरो घेरामा मात्र सीमित गरेर बुझ्न सकिँदैन । यो सम्बन्ध यति बहुआयामिक, सघन र भावनात्मक छ कि यसलाई बुझ्न द्वन्द्व र आत्मीयताको अनौठो सम्मिश्रण अर्थात् ‘लभ–हेट’ सम्बन्धको मनोविज्ञान नै नियाल्नुपर्छ । कहिले यो सम्बन्धमा यति धेरै निकटता देखिन्छ कि दुई देशका नागरिक र नेतृत्व प्रेमी–प्रेमिका जस्तै एकाकार लाग्छन् । तर मन नपरेको वा असमझदारी बढेको घडीमा यही सम्बन्ध यति तल्लो स्तरमा झर्छ जहाँ अविश्वास, शंका र तिक्तताको बादल मडारिन्छ । नेपालतर्फ भारतीय नीति, सीमा व्यवस्थापन, व्यापार र राजनीतिक सूक्ष्म–व्यवस्थापनलाई लिएर चुलिने असन्तुष्टि र भारततर्फ नेपालको बदलिँदो भू–राजनीतिक संवेदनशीलतालाई लिएर देखिने संशयले सम्बन्धलाई बेलाबेला कठोर र चिसो बनाइदिन्छन् ।
२०. आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारीः अभिभावकलाई खर्च धान्न मुस्किल
सिरियामा सन् २०२६÷२७ को नयाँ शैक्षिक सत्र शुरु हुन लाग्दा राजधानी दमास्कसका पुराना बजारहरूमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भीड लागेको छ । यद्यपि, देशको जर्जर आर्थिक अवस्था र बढ्दो महँगीका कारण आफ्ना बालबालिकाका लागि आवश्यक सामग्री जुटाउन अभिभावकहरूलाई निकै सकस भइरहेको छ । दमास्कसस्थित स्टेशनरी सामग्रीको मुख्य केन्द्र ‘अल–असरौनिया’ बजारमा भेटिएका स्थानीय बासिन्दा अबु मासाले बजारमा सामानको मूल्य अत्यधिक बढेको गुनासो गर्नुभयो ।
२१. एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु
ग्रीसको एथेन्समा आयोजित ‘एथेन्स फ्लाइङ विक’ अन्तर्राष्ट्रिय एयर शोका क्रममा शनिवार वायुसेनाको एउटा लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । ग्रीसको राष्ट्रिय प्रसारक इआरटीकाअनुसार तानाग्रा एयर बेसमा प्रदर्शनका क्रममा उक्त दुर्घटना भएको हो । हेलेनिक वायुसेनाको उडान प्रदर्शन शुरु भएको केही मिनेटमै एफ–४ई फ्यान्टम २ लडाकु विमानले दाहिने मोड लिने क्रममा अचानक उचाई गुमाएर दुर्घटनाग्रस्त भएको थियो । विमान खसेलगत्तै दुई टुक्रा भएको र दुई फरक स्थानमा भीषण आगलागी भएको इआरटीले जनाएको छ ।
२२. ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द
इण्डोनेसियाको माउन्ट अनक क्राकाटाउ ज्वालामुखी विष्फोट भई वायुमण्डलमा खरानी फैलिएपछि राजधानी जकार्तास्थित सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका प्रमुख विमानस्थलहरू आईतवार अस्थायी रूपमा बन्द गरिएका छन् । इण्डोनेसियाको परिवहन मन्त्रालयकाअनुसार ज्वालामुखीको सक्रियता बढेसँगै विमानस्थल क्षेत्रमा खरानीको प्रभाव देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उडान सेवा स्थगित गरिएको हो । नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले यस प्राकृतिक अवरोधका कारण देशको मुख्य विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानहरू प्रभावित भएको जानकारी दिनुभयो ।
२३. दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा आईतवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार उक्त हताहती भएको हो । मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रकाअनुसार नबातिए अल–फौकामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् । त्यसैगरी, नबातिएकै रहबात क्षेत्रमा भएको आक्रमणमा एक महिला र एक बालकसहित आठ जना घाइते भएका छन् । अरब सलिममा दुई जनाको मृत्यु हुनुका साथै दुई बालबालिकासहित ६ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
२४. फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति
फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ । फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको क्षति पुगेको छ । कार्यालयकाअनुसार विपद्मा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् । बेपत्ता रहेका अन्य ५ जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।
२५. बेलारुसको राजधानी मिन्स्कमा ‘मिन्स्क हाफ म्याराथन’ सम्पन्न
बेलारुसको राजधानी मिन्स्कमा आईतवार ‘मिन्स्क हाफ म्याराथन २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत ५ किलोमिटर, १० किलोमिटर र २१ किलोमिटर दूरीका मुख्य प्रतिष्पर्धाहरू आयोजना गरिएका थिए । यसका साथै कार्यक्रममा १ किलोमिटर र ५ किलोमिटरका पारिवारिक दौड (फेमिली रन) समेत समावेश गरिएको थियो । आयोजककाअनुसार विभिन्न विधामा सञ्चालित यस खेलकुद महोत्सवमा ३० हजार भन्दा बढी व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
२६. म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात
म्यानमारले चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो पाँच महिनामा १ लाख ३० हजार ४११ टनभन्दा बढी मत्स्यजन्य उत्पादन निर्यात गरेको छ । मत्स्य विभागले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनादेखि शुरु भएको यस आर्थिक वर्षको पाँच महिनामा उक्त परिमाणको निर्यातबाट २२ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन भएको छ । विभागकाअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको निर्यात परिमाणमा केही गिरावट आएको छ ।
२७. जलविद्युत आयोजनाको टनेलभित्र १ सय २१ जना मात्रै फसेको देखिन्छः नेपाली सेना
नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा १ सय २१ जना मात्रै फसेको बताएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा नेपाली सेनाका नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली–१ मा करिव ५०, त्रिशुली ३ ए मा करिव ४२ गरी १२१ जनाको हाराहारीमा टनेल भित्र रहेका छन् । त्रिशूली ३ बी मा हराएका सबै व्यक्ति टनेलभित्र प्रवेश गरेका व्यक्ति नभएको उहाँले बताउनु भयो । विभिन्न परियोजनासँग आवद्ध सबै व्यक्ति टनेलभित्र फसेको भनेर बुझ्न नहुने उल्लेख गर्नुभयो । परियोजनामा काम गर्नेहरु ९ सय भन्दा बढी सम्पर्कविहीन भएको भएपनि ती सबै टनेलभित्र भने नरहेको उहाँको भनाई छ । उहाँले टनेलको पूर्ण ब्रेकथ्रु नभएसम्म टनेलभित्र फसेका व्यक्तिको खोजी कार्य जारी रहने बताउनु भयो ।
२८. त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन
माथिल्लो त्रिशुली–३ बी जलविधुत आयोजनामा फसेकाहरुको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ । सोमवार हाईड्रोमा फसेका आफन्तहरुले माईतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले माथिल्लो ३ बी मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकारले आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरुलाई पनि खोजी गर्न जान नदिएको उनीहरुको गुनासो छ । रसुवा बाढीपछि त्रिशुली ३ बी जलविद्युत आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्र्कविहीन छन् । बाढीले आयोजनालाई पूर्ण रुपमा क्षति गरेको छ ।
२९. त्रिशूली–३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँः नेपाली सेना
रसुवा बाढीको कारण क्षतिग्रस्त त्रिशूली–३ बी जलविद्युत आयोजनामा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । रोल...
चुनौतीका बाबजुदपनि उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम अगाडी बढाईएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले त्रिशूली ३ बी ९० जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले बाढीले ल्याएको लेदोको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको बताउनु भयो ।
३०. हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गर्नुभएको छ । प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा उहाँले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनुभएको हो । हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकोले हेलिकप्टरमार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उहाँले बताउनु भयो । त्यस्ता क्षेत्रमा त्रिशूली वा रसुवालगायत हेलिकोप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
३१. काँग्रेस महामन्त्री घिमिरेलाई प्रश्नः अद्यावधिक नभएका सदस्यलाई १५ औँ महाधिवेशनमा सहभागि गराउने निर्णयसँगै पार्टीको विवाद समाधानउन्मुख भएको हो ?
नेपाली काँग्रेसले गत पुसमा क्रियाशील नविकरण गरेका तर प्राविधिक रुपमा अद्यावधिक नभएका सदस्यहरुलाई समेत पार्टीको १५ औँ महाधिवेशनमा सहभागि गराउने निर्णय गरेको छ । पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको जारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी महामन्त्री गुरुराज घिमिरेले पार्टीको विशेष महाधिवेशनमा सहभागि नभएको पक्षलाई समेत १५ औँ महाधिवेशनमा सहभागि गराउने तथा निष्पक्षता सुनिश्चित गर्नको लागि यस्तो निर्णय गरिएको बताउनु भयो । महामन्त्री घिमिरेले विशेष महाधिवेशनमा सहभागि हुन नखोजेको समूहको महत्वपूर्ण माग पूरा गरेसँगै पार्टीभित्रको विवाद समाधान गर्न संस्थापन पक्ष लचिलो रहेको बताउनु भयो ।
३२. काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
नेपाली काँग्रेसले गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रुपमा अद्यावधिक नभएका सदस्यहरुलाई समेत पार्टीको १५ औँ महाधिवेशनमा सहभागि गराउने निर्णय गरेको छ । पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको सोमवारको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँले यद्धपी पुसमा नवीकरण गरेका सदस्यहरुको हकमा समेत तीन वटा शर्तहरु लागू हुने उहाँको भनाइ छ ।
३३. काठमाडौंमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरुः अर्गानिक उत्पादनको प्रवद्र्धनमा सरकारको जोड
काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा सोमवारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु भएको छ । जुम्लाको अर्गानिक स्याउको प्रचार–प्रसार तथा बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीको पहिलो दिन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो । सो क्रममा उहाँले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्राण्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
३४. बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई आर्थिक तथा अभिभावकीय रुपमा वर्गीकरण गरी छात्रवृत्ति प्याकेज ल्याइने बताउनुभएको छ । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित रसुवा बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र अभिभावक गुमाएको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने बताउनुभएको हो ।
३५. बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने
रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवासको व्यवस्थापन गर्न वागमती प्रदेश सरकारले बजेट तथा सामग्री उपलब्ध गराउने भएको छ । सोमवार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री किरण थापा मगरले बाढीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोवासको लागि प्रादेशिक विपद् व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभएको हो । उहाँले पिपद्पछिको खोज तथा उद्धार र राहत वितरणको सम्बन्धमा संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट कार्यविभाजन र आपसी समन्वय गर्ने सहमति भएको बताउनु भयो ।३६. रसुवा बाढीपीडित नागरिकका लागि काँग्रेसद्वारा सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोगः ‘खोज तथा उद्धारलाई मथप प्रभावकारी बनाउन आग्रह’
नेपाली काँग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोमवार पार्टी महामन्त्री प्रदीप पौडेलसहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेलाई बाढी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरिएको पार्टी महामन्त्री पौडेलले बताउनु भयो ।
३७. पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन
पृथ्वीराजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि दुवैतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । रोल...
गत भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमवार साँझदेखि सवारी साधनहरू दुवै दिशाबाट निर्वाध रूपमा सञ्चालन हुन थालेका हुन् । लामो समयको अवरोधपश्चात् सडक पूर्ण रूपमा सुचारु भएपछि यस क्षेत्र भएर यात्रा गर्ने यात्रुहरूलाई सहज भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij