Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

राष्ट्र बैंकले दियाे बाढी पीडितका लागि १ करोड ३८ लाख

राष्ट्र बैंकले दियाे बाढी पीडितका लागि १ करोड ३८ लाख


  • 1.8K
    Shares

    राष्ट्र बैंकले दियाे बाढी पीडितका लागि १ करोड ३८ लाख
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका छन्।

    नेपाल राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगार्थ उक्त रकम कोषमा जम्मा गरिएको जनाएको हो।

    राष्ट्र बैंकका अनुसार गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारी (करार कर्मचारीसमेत) का तर्फबाट उक्त सहयोग रकम संकलन गरिएको हो।

    राष्ट्र बैंकले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १७:२८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij