Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

एनपीएलको प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट हुने

एनपीएलको प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट हुने


  • 2.1K
    Shares

    एनपीएलको प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट हुने
    images

    काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ।

    सोमबार नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको बोली लगाउँदै एनपीएलको प्रसारण अधिकार सुरक्षित गरेको हो।

    हिमालय स्पोर्ट्सले सोमबार जारी गरेको विज्ञप्तिमा एनपीएलको प्रसारण अधिकार प्राप्त गर्नु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ। कम्पनीका अनुसार उसले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो। त्यस्तै, यो वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झण्डै साढे दुई गुणा बढी रहेको कम्पनीले जनाएको छ।

    कम्पनीले एनपीएल ठूलो स्तरको लगानीको हकदार रहेको र क्यानले प्रतियोगितालाई क्षेत्रकै अग्रणी खेलकुद ‘प्रोपर्टी’ का रूपमा विकास गर्ने विश्वास व्यक्त गरेको छ।

    हिमालय स्पोर्ट्सका अनुसार एनपीएलको बढ्दो मूल्यले खेलकुद प्रतियोगितालाई व्यावसायिक रूपमा दिगो र बलियो बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ। यसबाट समग्र नेपाली क्रिकेट इकोसिस्टमलाई बलियो बनाउन, थप स्रोतसाधन जुटाउन तथा क्रिकेटको विकासका लागि नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

    हिमालय स्पोर्ट्सले एनपीएलको प्रसारण अधिकार खरिदलाई केवल व्यावसायिक लगानीका रूपमा नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा लिएको जनाएको छ। प्रतियोगितालाई गुणस्तरीय र फराकिलो पहुँचसहित दर्शकमाझ पुर्‍याउने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ। 

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १५:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij