Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

चलचित्र 'बेहुली'को ट्रेलर सार्वजनिक

चलचित्र 'बेहुली'को ट्रेलर सार्वजनिक


  • 2.2K
    Shares

    चलचित्र 'बेहुली'को ट्रेलर सार्वजनिक
    images

    काठमाडौं । यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र बेहुलीुको ट्रेलर सार्वजनिक गरिएको छ।  प्रदर्शनको लागि मात्र पाँच दिन बाँकी रहँदा निर्माण टिमले आइतबार काठमाडौंको जय नेपाल हलमा एक कार्यक्रम गर्दै ट्रेलर दर्शकमाझ ल्याएको हो। 

    ट्रेलरमा माया, प्रेम, पारिवारिक सम्बन्ध, र मित्रताका विविध आयामहरूलाई सुन्दर ढङ्गमा समेटिएको छ। कलाकार पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबिचको प्रेमको केमेस्ट्रीलाई ट्रेलरमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

    कार्यक्रममा चलचित्रका निर्माता अर्जुन पोखरेलले बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोशी क्षेत्रका बाढी प्रभावितहरूका लागि प्रदान गरिने बताए।

    सशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारस र दिव्याका साथै सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय छ ।  

     

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १५:११:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij