Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा


  • 799
    Shares

    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको  सेमिफाइनलमा
    images

    काठमाडौं। नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

    साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । ईशान पाण्डेले ४०, देव खनालले ३९ रन जोड्दा गुल्शन झा ४४ तथा रोहित पौडेल २४ रनमा अविजित रहे । यस्तै, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन जोडे ।

    बलिङतर्फ साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले दुई–दुई तथा मोहम्मद शेखले एक विकेट लिए ।त्यसअघि मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो ।

    उसका लागि ओपनिङ ब्याट्सम्यान अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए । यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए ।

    नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट लिए ।

    नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो ।नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङविरुद्ध खेल्नेछ ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १३:४९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij