Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

सानिमा बैंकको वार्षिक साधारणसभा आह्वान

सानिमा बैंकको वार्षिक साधारणसभा आह्वान


  • 1.3K
    Shares

    सानिमा बैंकको वार्षिक साधारणसभा आह्वान
    images

    काठमाडौं । सानिमा बैंकले आफ्नो २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले आगामी असोज १२ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा साधारणसभा गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। 

    सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि कायम चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यस्तै, अग्राधिकार शेयरधनीका लागि करसहित ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि सभाबाट अनुमोदन हुनेछ।

    साधारणसभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ।

    त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुने बैंकले जनाएको छ।

    लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज १ गतेभन्दा अघिसम्म कायम शेयरधनीले मात्रै साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - ११:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij