Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

‘गौँथली’ले मनायो ५१औँ दिन, कति गर्‍यो कलेक्सन

‘गौँथली’ले मनायो ५१औँ दिन, कति गर्‍यो कलेक्सन


  • 1.5K
    Shares

    ‘गौँथली’ले मनायो ५१औँ दिन, कति गर्‍यो  कलेक्सन
    images

    काठमाडौं । फिल्म ‘गौँथली’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन मनाएको छ। यो वर्ष हालसम्मकै सर्वाधिक धेरै कमाउने सिनेमामध्ये एक बनेको ‘गौँथली’ काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन मनाउन सफल भएको हो।

    ‘गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत छ। ‘हाम्रो सिनेमा आज ४३ हलमा ५९ शो सहित प्रदर्शन भइरहेको छ’, निर्माता सुमन गिरीले भने, ‘हालसम्म २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरेको छ।’

    अधिकांश सिनेमालाई एक हप्ता पनि हलमा टिक्न कठिन भइरहेको समयमा यो चलचित्र भने नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बन्दै ५१औँ दिनसम्म पुगेको हो।

    ‘पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ। ‘हाम्रो मेहनत र दर्शकको मायाले हामी ५१औँ दिन मनाउन सफल भएका छौँ’, निर्देशक कपिल रिजालले भने, ‘यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ।’

    थप जिम्मेवार बन्दै चाँडै दर्शकमाझ आउने उनको भनाइ छ। उनले दर्शकलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।

    डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन्।

    भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्।

    निर्माता सुमन गिरी र डा. कपिल रिजाल छन्।

    प्रकाशित मिति :भाद्र २० २०८३ शनिवार - १६:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij