Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

फिल्ममा ‘पेन्सन पट्टा’लाई यु सर्टिफिकेट

फिल्ममा ‘पेन्सन पट्टा’लाई यु सर्टिफिकेट


  • 1.9K
    Shares

    फिल्ममा ‘पेन्सन पट्टा’लाई यु सर्टिफिकेट
    images

    काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यु)प्रमाणीकरण पाएको छ । २ घण्टा ८ मिनेटको फिल्म अब सबै उमेर समूहका दर्शकले हेर्न पाउने छन् ।

    भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ । बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिने लाहुरे जीवनभित्रका पारिवारिक उतारचढाव र भावनात्मक सङ्घर्षलाई फिल्मले उजागर गर्ने प्रयास गरेको छ ।

    फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई आरआर फिल्म्स मार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्ने भएका छन् ।

    निर्देशक गुरुङले गोर्खाली सेनाको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र सम्बन्धको उतारचढावलाई कथामा समेटिएको बताएका छन् । 

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १६:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij