Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

प्रभु बैंक र भारतको मेदान्ता हस्पिटलबिच सम्झौता

प्रभु बैंक र भारतको मेदान्ता हस्पिटलबिच सम्झौता


  • 1.8K
    Shares

    प्रभु बैंक र भारतको मेदान्ता हस्पिटलबिच सम्झौता
    images

    काठमाडौं । प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरूलाई भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता-द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

    सम्झौता अनुसार ओपिडी सेवाअन्तर्गत सबै परामर्शका साथै ल्याबोरेटोरी र रेडियोलोजी जाँचमा मेदान्ता हस्पिटलको प्रचलित दरमा १५ प्रतिशत छुट पाइनेछ। त्यसैगरी, आइपिडी सेवाअन्तर्गत कोठाको भाडा तथा ल्याबोरेटोरी र रेडियोलोजी जाँचमा पनि १५ प्रतिशत छुट उपलब्ध हुनेछ।

    सम्झौतापत्रमा मेदान्ता-द मेडिसिटी हस्पिटलका तर्फबाट कर्पोरेट साझेदारी प्रमुख सत्य चतुर्वेदी र प्रभु बैंक लिमिटेडका तर्फबाट भारतका कन्ट्री हेड सुनिल मिश्राले हस्ताक्षर गरेका छन्। यो सम्झौता १५ अगस्ट २०२६ देखि १४ अगस्ट २०२८ सम्म कायम रहनेछ।

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १६:१९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij