२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताएकी छन् । बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरेपनि त्यसपछि भने योजनासहित अघि बढ्न नसकेको बताएकी हुन् ।
उनले विपद्पछिको उद्धारमा राज्यले मित्रराष्ट्रहरुसंगको सहयोग समयमा नै लिन नसक्दा थप समस्या भएको बताएकी छन् । जलविद्युत आयोजनाको टनेलभित्र मानिस अझै उद्धार गर्न नसकिएको उनको भनाई छ । टनेल निर्माणका क्रममा तयार भएका नक्शा र प्राविधिक विवरण सम्बन्धित निकायसँग भएपनि उद्धार टोली कतिपय टनेलको वरिपरिसम्म पुग्न नसकेको उनले बताइन् ।
सरकारले टनेलभित्रको मानिस उद्धार गरेको भनेर गलत प्रचार गरेको पनि उनले आरोप लगाइन् । टनेल बाहिर भएका साइड–साइडका मान्छेहरू उद्धार गरेपनि टनेलभित्रका मानिसको उद्धार हुन नसकेको उनले बताएकी छन् । त्रिशूली–३ ए आयोजनाको टनेलभित्र अझै मानिस जीवित मानिस हुनसक्ने भन्दै उनले उद्धारको प्रयास जारी राख्नुपर्ने बताइन् ।
उनले विपद्का बेला विदेशी सहयोग लिन गाह्रो मान्न नहुनेमा पनि जोड दिएकी छन्। सरकारले नागरिकको उद्धारका लागि स्थानीय तह र प्रदेश सरकारसंग प्रभावकारी समन्वय गर्न नसकेको पनि आरोप लगाएकी छन् । उनले सरकारले स्थानिय तहलाई तुईन व्यवस्थापन तथा आवश्यक उद्धार गर्न पनि नदिएको आरोप लगाइन् ।
उनले भनिन्, ‘एकदमै इमर्जेन्सीमा आएको बाढीका बेला राज्य, सरकारले र हामीले जति गर्न सक्थ्यौँ, दुई दिनभित्र त्यति ग¥यौँ । त्यसका लागि खासै कुनै कम्प्लेन पनि छैन । त्योभन्दा बढी गर्न सक्ने अवस्था पनि थिएन, सीमित स्रोत–साधनका बीच ती दुई दिनमा हामीले गर्न सक्ने काम ग¥यौँ । तर दुई दिनपछि हामी धेरै हदसम्म सम्हालिइसकेका थियौँ र हतोत्साहित अवस्थाबाट पनि बाहिर आइसकेका थियौँ । त्यसपछि प्रिप्लानिङसहित अगाडि बढ्नुपथ्र्यो, तर हामी त्यसमा चुकेका छौँ । चुकेकोलाई चुकेको भन्नैपर्छ । बाहिर मिडियामा होस् वा यहाँ अगाडि, हामीले त्यो कुरा स्पष्ट रूपमा भन्नुपर्छ, हामी चुकेकै हौँ । किनभने ती टनेलहरू निर्माण नक्साहरू हामीसँग पनि थिए होलान् । तर प्राविधिक टोलीहरू तत्कालै टनेलको वरिपरि पनि पुग्न सकेनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij