Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते

भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते


  • 1.3K
    Shares

    भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते
    images

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित कौशाम्बी जिल्लामा रहेको एउटा पटाका कारखानामा सोमवार भएको भीषण विष्फोटमा ११ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब २०५ किलोमिटर दक्षिणमा अवस्थित मनोरी गाउँमा सो दुर्घटना भएको हो ।

    कौशाम्बीका जिल्ला मजिस्ट्रेट अमित पालकाअनुसार घटनास्थलमा हाल उद्धार कार्य जारी रहेको छ । विष्फोटका कारण कारखानाको भवन ध्वस्त भएकाले भग्नावशेषभित्र अझै केही मानिसहरू पुरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यससँगै मृतकको सङ्ख्या अझै बढ्नसक्ने अधिकारीहरूले बताएका छन् । 

    भारतीय सञ्चारमाध्यम एनडीटीभीले अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार, विष्फोटमा परी १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । विष्फोट यति शक्तिशाली थियो कि यसले कारखानामा पूर्ण रूपमा क्षति पु¥याउनुका साथै नजिकै रहेका अन्य ५ देखि ६ वटा घरहरूमा समेत ठूलो क्षति पुगेको छ ।

    यसैगरी, विष्फोटका कारण दिल्ली–हावडा रेल मार्गको आवागमन समेत करिब एक घण्टा अवरुद्ध भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । दुर्घटनाको विस्तृत विवरण र विष्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - ११:५६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij