Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

भोटेकोशी बाढीपीडितको राहत, उद्धार र पुनर्स्थापनाका लागि एभरेष्ट बैंकको सहयोग

भोटेकोशी बाढीपीडितको राहत, उद्धार र पुनर्स्थापनाका लागि एभरेष्ट बैंकको सहयोग


  • 1.2K
    Shares

    भोटेकोशी बाढीपीडितको राहत, उद्धार र पुनर्स्थापनाका लागि एभरेष्ट बैंकको सहयोग
    images

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत दुई करोड एकाउन्न लाख रुपैँया र आफ्ना कर्मचारीहरुको तर्फबाट रु अक्षरेपी साठी लाख चौवन्न हजार छ सय पाँच रुपैँया अठ्तिस पैसा समेत गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा रु तिन करोड एघार लाख चौवन्न हजार छ सय पाँच रुपैँया अठ्तिस पैसा नगद सहयोग उपलब्ध गराएको छ ।
      
    नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ । 

    बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विपदको सामना गर्न अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगी हातहरुप्रती हार्दिक आभार व्यक्त गरेको छ । 

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - ११:२५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij