Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय

सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय


  • 1.2K
    Shares

    सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय
    images

    काठमाडौं ।  नेकपा एमालेका संघीय सांसदहरुले १५ दिनको पारिश्रमिक रसुवा बाढी पीडितहरुलाई दिने भएका छन् । एमालेको मंगलवार बसेको संसदीय दलको बैठकले १५ दिनको पारिश्रमिक बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो । 

    संघीय सांसदहरुले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। सांसदहरुको पारिश्रमिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने उनले बताए । उनकाअनुसार एमालेले बाढीपीडितको राहतका लागि यसअघि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

    एमालेले बाढीपछि उद्धार तथा राहतमा सरकारले प्रभावकारी रुपमा काग गर्न नसकेको एमालेले निष्कर्ष निकालेको छ । सरकारले समयमा नै बाढी प्रभावितहरुको उद्धार गर्न नसकेका कारण कयौँ मानिसले ज्यान गुमाउने अवस्था बनेको एमाले सचेतक महरले बताए । पीडितले राहतसमेत प्रभावकारी रूपमा प्राप्त गर्न नसकेको उनको भनाई छ ।

    उनले सुरुङ तथा अन्य जोखिमयुक्त स्थानमा अझै उद्धार कार्य हुन नसकको बताए । शव व्यवस्थापनमा पनि सरकारको कमजोरी देखिएको उहाँको भनाई छ । शव पहिचान नगरी सम्बन्धित परिवारलाई नबुझाई सामूहिक रूपमा गाडिएको भन्दै उनले यस्तो कार्य रोक्नुपर्ने बताए ।

    उनका अनुसार एमालेले उद्धार, राहत, शव व्यवस्थापन तथा बेपत्ताको खोजी कार्यको अनुगमन र सरकारसँग आवश्यक समन्वय गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ । बुधवार बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समिति गठनको माग गर्ने र उक्त बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापाले सम्बोधन गर्ने उनले जानकारी दिए।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १८:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij