Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेपाल टेलिकमले सुचारु गर्‍यो धादिङ र नुवाकोटका थप ३ साइट

नेपाल टेलिकमले सुचारु गर्‍यो धादिङ र नुवाकोटका थप ३ साइट


  • 1.8K
    Shares

    नेपाल टेलिकमले सुचारु गर्‍यो धादिङ र नुवाकोटका थप ३ साइट
    images

    काठमाडौं । नेपाल टेलिकमले आज मिति २०८३\०५\१६ मा बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु गरेको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट सुचारु भएका छन् ।

    कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।

    भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।

    यससँगै अब प्रभावित १२० साइट मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट लगभग पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको छ ।

    अपग्रेड : नेपाल टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भएका साइटहरुलाई समेत क्रमिक रुपमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको छ ।  

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १७:५६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij