२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ ।
आज नेप्से ९.४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलब ३५ विन्दुमा थामिएको छ भने ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् ।
सोमबार शेयर बजार ७२.२८ अंकले बढेको थियो भने साताको पहिलो दिन १२३ अंकले घटेर कारोबार समय ४५ मिनेट बाँकी रहँदै बजार बन्द भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij